२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौं उपत्यकामा २४ घण्टाभित्रै २२ सय चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व सङ्कलन

शनिवार , जेठ २, २०८३

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १७८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२३, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७२ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ