२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे अहिलेसम्म छलफल नभएको बताएकी छन् । 

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव अर्यालले सदस्यता जोड्नका लागि यसपटक निवेदन नै प्राप्त भएपछि भण्डारीलाई पार्टी सदस्यता प्रदान गरिएको भन्दै क्रियाशील कसरी गराउने र जिम्मेवारी के दिने भन्नेबारे कुनै छलफल नभएको बताएकी हुन् ।

उनले सर्वोच्च निकायमा पुगेको व्यक्तिलाई पार्टीको अभियानमा नभइ बिकासको अभियानमा जोड्नुपर्ने तत्कालिन निर्णय भएपनि भण्डारी स्वयंले पार्टीले सदस्यताका लागि निरन्तर माग गरेपछि सदस्यता प्रदान गर्ने निर्णय भएको उल्लेख गरिन् । 

त्यस्तै सचिव अर्यालले बाम एकताका बारेमा बिभिन्न ढंगले चर्चा परिचर्चा भएपनि तत्काल एकता हुने कुनै सम्भावना नरहेको बताइन् ।

बाम एकताका लागि छलफल स्वभाविक भएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट