काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको बताएका छन् ।
आज संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
उनले करको सीमामा व्यापक हेरफेर गरिएको बताए ।
उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताउँदै विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस