२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विवादित स्थानमा निर्वाचन प्रक्रिया रोक्न रास्वपाको निर्देशन

मंगलवार , जेठ १९, २०८३

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले विवाद उत्पन्न भएका स्थानहरूमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले  मंगलबार जारी गरेको परिपत्रअनुसार आयोगको आधिकारिक निर्देशन र निर्णय कार्यान्वयनका लागि केही जिल्ला तथा पालिकामा जारी निर्वाचन प्रक्रिया अर्को सूचना नआएसम्म रोक्न भनिएको हो ।
परिपत्रमा आयोगले निर्वाचनलाई लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउन विवाद समाधान आवश्यक रहेको उल्लेख गर्दै विवादित स्थानहरूमा भइरहेका निर्वाचन गतिविधि स्थगन गर्न सम्बन्धित प्रदेश, जिल्ला तथा पालिका तहका पदाधिकारीलाई निर्देशन दिएको जनाएको छ ।

निर्देशनअनुसार बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका तथा जिल्लाका अन्य विवादित स्थानमा निर्वाचन प्रक्रिया रोकिएको छ । सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये चौतारा,बलेफी र भोटेकोशी गाउँपालिकामा निर्वाचन मार्फत पालिकाको नेतृत्व चयन भएको थियो । जुगल गाउँपालिकामा भने खुला सत्र सकेर बन्द सत्र स्थगित भएको थियो ।
यस्तै, मधेश प्रदेशका सर्लाही, सिराहा, महोत्तरी, धनुषा र सप्तरी जिल्लाका विभिन्न पालिका तथा विवादित क्षेत्रहरूमा पनि निर्वाचन प्रक्रिया स्थगित गरिएको आयोगले जनाएको छ।

letter EC _page-0001.jpg

रास्वपाले आयोगको आधिकारिक निर्णयविपरीत अघि बढाइने कुनै पनि निर्वाचन प्रक्रिया वा गतिविधिलाई मान्यता नदिइने स्पष्ट गरेको छ । साथै विवाद समाधानपछि मात्र निर्वाचन प्रक्रिया पुनः सञ्चालन हुने संकेत गरिएको छ।

रास्वपाको पहिलो महाधिवेशनको तयारी चलिरहेका बेला विभिन्न जिल्लामा निर्वाचन प्रक्रियालाई लिएर विवाद देखिएपछि केन्द्रीय निर्वाचन आयोगले यस्तो निर्देशन जारी गरेको हो । यस अघि मंगलबार नै रास्वपाले निर्वाचन आयोगको प्रमुखको जिम्मेवारीमा भुवन केसीलाई दिएको थियो । प्रमुख नियुक्त हुन साथ केसी नेतृत्व समितिले यस्तो निर्णय गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ