२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चुनावी पराजयपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै एमाले अध्यक्ष ओली

बुधवार , जेठ २०, २०८३

काठमाडौं/प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) को अपेक्षाभन्दा कमजोर नतिजा आएपछि सार्वजनिक कार्यक्रममा कम देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली आज पहिलो पटक पार्टीको औपचारिक कार्यक्रममा सहभागी हुने भएका छन् ।

beda3e3e-94fa-4ba6-8c11-4f121e954b91.jpg

चुनाव पराजय लगतै अध्यक्ष ओलीलाई पिृतशोक परेको थियो । बुबाको काजक्रिया सकिएको केही दिन पछि नै भदौ २३ गते भएको घटनाको अनुसन्धानका लागि वर्तमान सरकारले ओलीलाई नियन्त्रणमा लिएको थियो । अदालतको आदेश पछि रिहा भएपनि पित थैलीको शल्यक्रियाका कारण ओली केही समय आराम गरिरहेका थिए ।

d359940c-f678-479f-b424-381e0d0fed4f.jpg

आज एमाले केन्द्रीय संगठन विभागको आयोजनामा हुने ‘सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला’ कार्यक्रमको उद्घाट गर्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यशालामा प्रदेश तथा जिल्ला तहका जिम्मेवार नेताहरूको सहभागिता रहनेछ।

b63f9a30-bc4c-455e-9039-397f509950e5.jpg

एमालेभित्र पछिल्लो समय पार्टी पुनर्गठन र संगठनात्मक सुदृढीकरणबारे बहस चलिरहेका बेला अध्यक्ष ओलीको सार्वजनिक उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

f11a5709-cd05-45c3-9bbd-43c513f6fe01.jpg

एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालका  अनुसार कार्यशालामा प्रदेश तथा जिल्ला इञ्चार्ज, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, संगठन विभागका जिम्मेवार पदाधिकारी तथा जनसंगठनका प्रमुखहरूको सहभागिता रहनेछ ।

0a3c6de5-91c8-4836-b143-c5f1627fbe15.jpg

एमाले भित्र अहिले पार्टी पुनर्गठनको मुद्दा सतहमा नै आएको छ । पार्टी पुनर्गठनको मुद्दा उठीरहेको बेला ओली पार्टीको कार्यक्रममा सार्वजनिक भएर त्यो एजेन्डा कमजोर पार्नकै लागि कार्यशालामा सहभागी हुन लागेको एमालेका एक सचिवालयका नेताले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ