२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

निलो झण्डामुनि पुराना रङहरू : रास्वपाको अधिवेशनमा छताछुल्ल भएको अन्तर्विरोध

बुधवार , जेठ २७, २०८३

दिनेश थापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रमोद न्यौपानेले  गृह जिल्ला सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा एउटा  सन्देश दिए, उनले नयाँ र पुराना कार्यकर्ताबीच कित्ता–काट नर्गन आग्रह गर्दै भने, ‘नयाँ–पुरानो हिसाब गर्ने हो भने पार्टीमा सबैभन्दा पछि आएको नेतालाई अहिले देशको प्रधानमन्त्री बनाइएको छ । 

रास्वपामा सबैभन्दा पुरानो नेता त रवि लामिछाने नै होलान्, उहाँले म पुरानो हुँ भनेर बसेको भए पार्टी आज यहाँ पुग्थ्यो त ?’ पार्टी सभापति रबि लामिछानेसँग निकट सम्बन्ध रहेका न्यौपानेको यो भनाईले पनि के प्रष्ट हुन्थ्यो भने रास्वपामा नयाँ र पुरानो बिचमा लामो समयदेखि टकराव हुदै आएको छ र त्यो टकराब अहिले रास्वपाका जिल्ला अधिवेशनहरुमा नराम्रो सँग प्रकट भइरहेका छन् । 

नेता न्यौपाने ले नयाँ र पुराना कार्यकर्ताबीच विभाजन नगर्न आग्रह गरेको केही घण्टा पनि नबित्दै यही अन्तर्विरोध सिन्धुपाल्चोकको अधिवेशनमा विस्फोट भयो । पहिलो दिन स्थगित भएको अधिवेशन दोस्रो दिन पनि सहमतिमा पुग्न सकेन र अन्ततः अनिश्चितकालका लागि रोकियो ।

रास्वपाले आगामी राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको छ,तर वडा, पालिका र जिल्ला अधिवेशन हुँदै माथि उक्लँदै जाँदा पार्टीभित्रका विवाद पनि एकपछि अर्को गर्दै सतहमा आउन थालेका छन् ।

धनुषामा तालाबन्दी भयो, उदयपुरमा अधिवेशन रोकियो, खोटाङमा खसेकोभन्दा बढी मत भेटिएको भन्दै विवाद भयो ,बाराका कार्यकर्ता केन्द्रीय कार्यालयमै धर्ना दिन पुगे, ,वागलुङमा एकपक्षको असहमतिका बिच सासंद सोम शर्माले नयाँ नेतृत्व घोषणा गरे , मधेश प्रदेशका अधिकांश जिल्लाका अधिवेशन स्थगित गर्नुपर्‍ यो ।

यी घटनाले एउटा प्रश्न जन्माएका छ पुराना दलको गुटबन्दी र भागबन्डाको राजनीतिविरुद्ध जन्मिएको दल आफैं किन त्यही रोगको लक्षण देखाउन थालेको छ ?

दल नयाँ,कार्यकर्ता पुरानै

रास्वपा नयाँ दल हो, तर त्यसका अधिकांश नेता–कार्यकर्ता नयाँ राजनीतिक पृष्ठभूमिका भने होइनन्,कोही एमालेबाट आएका छन्, कोही माओवादीबाट, कोही कांग्रेसबाट त कोही राप्रपाबाट ,कतिपय विवेकशील आन्दोलन हुँदै यहाँ आइपुगेका छन् । अझ फागुन २१ को निर्वाचनअघि मनोनयनकै दिन पार्टी प्रवेश गरेर सांसद र मन्त्री बनेकाहरू पनि  रास्वपामा धेरै छन् ।

दल नयाँ भए पनि मानिस पुरानै छन्, झण्डा निलो भए पनि राजनीतिक संस्कारको रङ बदलिन समय लाग्ने रहेछ भन्ने कुरा अहिले रास्वपाको अधिवेशनमा भइरहेको गतिविधिले  देखाइरहेको छ ।

कतिपय जिल्लामा एमालेबाट भर्खरै आएकालाई नेतृत्व दिन खोजिएको भन्दै विवाद भयो , कतै कांग्रेस वा माओवादी पृष्ठभूमिका व्यक्तिलाई सभापति बनाउन खोज्दा विरोध भयो, बाहिरबाट हेर्दा यो व्यक्तिको विवाद जस्तो देखिए पनि भित्रभित्रै यो प्रभाव क्षेत्रको लडाइँ हो,प्रश्न नेतृत्वको मात्र होइन, पार्टीभित्र कसको पकड बलियो बनाउने भन्ने पनि हो ।

रास्वपाले औपचारिक रूपमा गुटबन्दी स्वीकार गर्दैन, तर जिल्लादेखि केन्द्रसम्मका गतिविधि हेर्दा विभिन्न शक्ति केन्द्रहरू अस्तित्वमै छैनन् भन्न गाह्रो छ, कोही सभापति रवि लामिछाने निकट भनेर चिनिन्छन्, कोही प्रधानमन्त्री बालेन शाहा नजिकका मानिन्छन्, कतिपय नेता आफ्नै प्रभाव क्षेत्र निर्माणमा व्यस्त देखिन्छन ।

 सार्वजनिक रूपमा सबै एकताको कुरा गर्छन्, तर अधिवेशनका नतिजा हेर्दा भित्री प्रतिस्पर्धा निकै तीव्र रहेको प्रष्ट देखिन्छ ।  वास्तवमा अहिले रास्वपाको सबैभन्दा ठूलो चुनौती बाहिरका दल भन्दा पनि आफै भित्र रहेका विवादस्पद गतिविधि रोक्नु र अहिलेको अवस्थामा नेता कार्यकर्ताहरुको अपेक्षा र आकांक्षाहरूलाई सम्बोधन गर्नु नै हो  ।

चार वर्षअघि स्थापना भएको पार्टीले छोटो समयमा अभूतपूर्व जनमत प्राप्त गर्‍ यो , जनताले विकल्प खोजिरहेका बेला रास्वपा आशाको केन्द्र बन्यो ,तर जनमत प्राप्त गर्नु र जनविश्वास निर्माण गर्नु फरक कुरा हो । अहिले रास्वपाले पाएको जनमत हो,जनश्विास होइन,जनमत लाई जनविश्वासमा बदल्नका लागि कार्यशैलि ,व्यावहार,दष्ट्रिकोण समेत बदल्न जरुरी छ ।

रास्वपामा अहिले सबैभन्दा ठूलो प्रश्न पनि यही हो, अन्य दलमा रहँदा अवसर लिएका, पद खाएका, प्रभाव उपभोग गरेका धेरै अनुहार अहिले नयाँ राजनीतिको भाष्य बोकेर रास्वपामा छन्, पार्टी परिवर्तनसँगै राजनीतिक चरित्र पनि परिवर्तन भएको छ कि केवल झण्डा मात्र फेरिएको हो भन्ने प्रश्न कार्यकर्ता र मतदाताले सोध्न थालेका छन् । र रास्वपा भित्र देखिएको नयाँ र पुरानो बिचको भाष्य पनि हो यही आएर देखिएको छ ।

रातो र हरियो क्रान्ति बाट निलोक्रान्ति सम्म

एक समय माओवादी युद्धका बेला ‘क्रान्ति’ धेरैका लागि राजनीतिक शरणस्थल बनेको थियो ,आज केही आलोचकहरूले रास्वपालाई पनि पुराना दलबाट निराश, असन्तुष्ट वा अवसर खोजिरहेका राजनीतिक जमातहरूको नयाँ आश्रयस्थलका रूपमा चित्रण गर्न थालेका छन् । त्यो आरोप सही हो वा होइन भन्ने कुरा रास्वपाले आफ्नो व्यवहारबाट प्रमाणित गर्नुपर्नेछ ।

अहिले रास्वपाभित्र एमालेको फ्लेभर छ, कांग्रेसको फ्लेभर छ, माओवादीको फ्लेभर छ, राप्रपाको फ्लेभर पनि छ , फरक–फरक स्वाद मिसिँदा नयाँ सुगन्ध निस्कन सक्छ, तर मिश्रण राम्रोसँग भएन भने सुगन्धभन्दा दुर्गन्ध आउने जोखिम पनि उत्तिकै हुन्छ, जिल्ला अधिवेशनमा देखिएका विवादहरूले यही जोखिमतर्फ संकेत गरिरहेका छन् ।

रास्वपाको पहिलो महाधिवेशन  नेतृत्व चयनको कार्यक्रम मात्रै होइन, यो पार्टी साँच्चै नयाँ राजनीतिक संस्कार निर्माण गर्ने बाटोमा छ कि पुराना दलहरूको संक्षिप्त संस्करण बन्दैछ भन्ने परीक्षण को घडी पनि हो । फागुन २१ को निर्वाचनले रास्वपालाई जनमत दियो,अब महाधिवेशनले त्यो जनमतलाई जनविश्वासमा बदल्ने क्षमता छ कि छैन भन्ने प्रमाणित गर्नुपर्नेछ ।

किनभने जनताले रास्वपालाई पुराना दलभन्दा फरक बन्न मत दिएका हुन्, पुराना दलकै नयाँ संस्करण बन्न होइन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट