२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

संसदमा बोल्न पनि आन्दोलन नै गर्नुपर्‍यो – हर्क राई

बुधवार , जेठ २७, २०८३

काठमाडौ /  ससंदमा आफ्नो दललाई बोल्न नदिएको भन्दै वेल घेरेर विरोधमा उत्रेको श्रम संस्कृति पार्टीलाई अन्ततः सभामुखले बोल्न दिन बाध्य भएका छन् । संसदमा आफुहरुलाई हेपेर रोष्टममा बोल्न नदिएको भन्दै संसदको वेल अगाढी उभिएर श्रम संस्कृति पार्टीका सासंदहरुले चर्काे नाराबाजी गरेपछि सभामुख डिपी अर्यालले दलको तर्फबाट बोल्ने सासंदको नाम पार्टीको लेटर प्याडमा लिखित रुपमा ल्याउनु भनेको थिए । 

सभामुखले पत्र ल्याउनु भन्न साथ श्रम सस्कृति पार्टीका  अध्यक्ष  हर्क राईले हतार हतार सदनमा नै पत्र लेखेर सभामुखको सचिवालयमा बुझाएपछि सभामुख अर्यालले राइलाई बोल्न समय दिएका थिए ।

रोष्टमबाट बोल्ने क्रममा आफुहरुले सदनमा बोल्नका लागि पनि आन्दोलन नै गर्नु परेको भन्दै अब देखि सभामुखको व्यावहार समान हुनु पर्ने बताए । नेपाली सेनालाई ब्यारेक मा मात्रै नराखेर कहिलेकाँही सीमा क्षेत्रमा पनि अनुगमणमा पठाउनु पर्ने बताए । सीमाको समाधानका लागि यस अघिको सरकारले पनि केही गरेन,अहिले पनि केही गर्ला जस्तो छैन राइले भने–‘अहिले ढिला भएको छैन,अहिले नै सुरु गरौ ।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट