२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

राखेपमा नयाँ नेतृत्व : विशाल श्रेष्ठ उपाध्यक्ष, शक्ति गौचनसहित चार सदस्य नियुक्त

बुधवार , जेठ २७, २०८३

काठमाडौ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ लाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार श्रेष्ठले अब नेपालको खेलकुद प्रशासनमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन् ।

उपाध्यक्षसँगै राखेपमा चार नयाँ सदस्य पनि थपिएका छन् । सदस्यका रूपमा पूर्व क्रिकेटर शक्ति गौचन, सिक्का सुवाल श्रेष्ठ, पवन शाही तथा मोनालिसा खम्बू लाई सदस्यमा मनोनयन गरिएको छ ।

फुटबल क्षेत्रमा लामो अनुभव बटुलेका विशाल श्रेष्ठले राष्ट्रिय टोलीका साथै विभिन्न क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै, शक्ति गौचन नेपाली क्रिकेट इतिहासका चर्चित स्पिनरमध्ये एक हुन्, जसले राष्ट्रिय टोलीका लागि उल्लेखनीय योगदान दिएका छन् ।  यस अघि सरकारले राखेपमा राजनीतिक नियुक्तीको आधारमा आफु निकटकालाई नियुक्त गर्ने गरिएको थियो । यो पटक भने सरकारले खेल क्षेत्रकै खेलाडी लाइ राखेप उपाध्यक्षमा मनोनीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट