२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ

बुधवार , जेठ २७, २०८३

काठमाडौँ । प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ भएको छ ।

सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित सोसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने व्यहोरा जानकारी गराए ।

उनले छलफलका लागि चार घण्टाको समय निर्धारण गरिएको जानकारी दिए । सांसदहरूले आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिइरहेका छन् ।

बैठकमा अर्थमन्त्री वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेर तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सुनाएका थिए ।

सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन तथा सभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गरेको व्यहोरा सभालाई जानकारी गराएका थिए ।

सो हेरफेरलाई सभाले सहमति जनाएको थियो । बैठकमा सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट संविधानः तोकिएको अवधिभित्र फिर्ता नभएको जानकारी सदनलाई गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट