नेपाली कांग्रेसको इतिहासमा नेतृत्व, शक्ति र विचारको संघर्ष नयाँ विषय होइन । समय–समयमा पार्टी भित्र भएका विभाजन, पुनःएकता र गुटगत राजनीतिले कांग्रेसको यात्रालाई पटक–पटक प्रभावित बनाएको छ । तर पछिल्लो समय देखिएको आन्तरिक द्वन्द्वले भने एउटा गम्भीर प्रश्न उठाएको छ– कांग्रेस परिवर्तनको बाटोमा छ कि शक्ति हस्तान्तरणको आन्तरिक खेलमा अल्झिएको छ ?
नेपाली कांग्रेसको इतिहास साक्षी छ– यो पार्टी कमजोर बनाउन बाहिरी र भित्री दुवैखाले चुनौती पटक–पटक आएका छन् । तर कांग्रेस फेरि उठेको पनि छ, जब नेतृत्वले संकटको सामना गर्दै पार्टीलाई एकताबद्ध बनाएको घटना कांग्रेस इतिहासमा धेरै पटक भएको छ ।
इतिहास हेर्दा २०५८ सालको राजनीतिक घटनाक्रममा कांग्रेस विभाजनको अवस्थामा पुग्यो । तत्कालीन परिस्थितिमा शेरबहादुर देउवा पक्ष र गिरिजाप्रसाद कोइराला पक्षबीचको शक्ति संघर्षले पार्टीलाई कमजोर बनायो । तर शान्ति प्रक्रिया र अन्तरिम राजनीतिक यात्राका क्रममा फेरि एकता भयो र कांग्रेसले नयाँ भूमिका निर्वाह गर्यो ।
नेपाली कांग्रेसको इतिहास साक्षी छ– यो पार्टी कमजोर बनाउन बाहिरी र भित्री दुवैखाले चुनौती पटक–पटक आएका छन् । तर कांग्रेस फेरि उठेको पनि छ, जब नेतृत्वले संकटको सामना गर्दै पार्टीलाई एकताबद्ध बनाएको घटना कांग्रेस इतिहासमा धेरै पटक भएको छ ।
१३ औँ र १४ औँ महाधिवेशनपछि भने कांग्रेसभित्र गुटगत राजनीतिले संस्थागत रूप लिँदै गयो । नेतृत्वका आकांक्षा, समूहगत समीकरण र शक्ति सन्तुलनले पार्टीको दिशा निर्धारण गर्न थाल्यो । यही क्रममा शेरबहादुर देउवा, गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू एकै राजनीतिक यात्रामा देखिए ।
तर भदौ २३ र २४ गतेका घटनापछि कांग्रेसभित्रको समीकरण फेरियो । आन्दोलनका क्रममा तत्कालीन सभापति शेरबहादुर देउवा आलोचनाको केन्द्रमा परे । त्यसपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र भयो ।
विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वको बाटो खोल्ने निर्णयलाई कतिपयले पुस्तान्तरणको आवश्यकता भने, कतिपयले भने यसलाई स्थापित नेतृत्वलाई कमजोर बनाउने योजनाका रूपमा व्याख्या गरे । भदौ २३ र २४ गतेका घटनापछि कांग्रेसभित्रको शक्ति सन्तुलन अचानक बदलियो ।
आन्दोलनको चपेटामा परेका सभापति शेरबहादुर देउवा कमजोर अवस्थामा पुगेका बेला आफ्नै पार्टीका नेताहरूबाट अपेक्षित साथ र सहानुभूति नपाएको अनुभूति धेरै नेता कार्यकर्ताहरुले गरे । यस्तो बेला पार्टी एक ढिक्का हुदै संकटको समाधान गर्नुपर्ने बेलामा लोकरिझ्याइँ का लागि नेतृत्व परिवर्तनको खेल सुरु भयो । नेतृत्वको गल्ती थियो होला, भयो होला तर नेतृत्व संकटमा परेको बेला थिच्ने भन्दा पनि उठाउनु पर्ने थियो तर कांग्रेसमा त्यसो हुन सकेन ।
गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको नयाँ राजनीतिक यात्रालाई समर्थकहरूले परिवर्तनको संकेतका रूपमा हेरे भने आलोचकहरूले यसलाई परम्परागत नेतृत्वलाई विस्थापित गर्ने रणनीतिक कदमको रूपमा चित्रण गरे । प्रश्न यहीँ छ– यो कांग्रेसभित्रको स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो वा शक्ति प्राप्तिको हतारो ?
यस घटनाक्रममा कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्का लगायतका नेतामाथि पनि जिम्मेवारी थोपर्ने प्रयास भइरहेको छ । तर कांग्रेसको समस्या केवल एउटा व्यक्तिको कारणले होइन, लामो समयदेखि बढ्दै आएको गुट, नेतृत्व संघर्ष र आन्तरिक अविश्वासको परिणाम हो भन्ने मलाई लागेको छ ।
गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको नयाँ राजनीतिक यात्रालाई समर्थकहरूले परिवर्तनको संकेतका रूपमा हेरे भने आलोचकहरूले यसलाई परम्परागत नेतृत्वलाई विस्थापित गर्ने रणनीतिक कदमको रूपमा चित्रण गरे । प्रश्न यहीँ छ– यो कांग्रेसभित्रको स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो वा शक्ति प्राप्तिको हतारो ?
कांग्रेसले नयाँ नेतृत्व पाउन सक्छ, नयाँ अनुहार आउन सक्छन् । तर दक्षिण एसियाको बदलिँदो भू–राजनीतिमा कांग्रेसले आफ्नो पुरानो कूटनीतिक भूमिका, स्थिरता र विश्वास कायम राख्न सक्ला कि सक्दैन भन्ने प्रश्न अझै बाँकी छ । अन्ततः इतिहासले नै फैसला गर्नेछ– यो कांग्रेसको पुनर्जागरण थियो कि एउटा पुरानो संरचनाको अन्त्य ।
प्रतिक्रिया दिनुहोस