२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

शनिवार , जेठ ३०, २०८३

बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । 

दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उनको भनाइ छ ।

चालकको शव भने दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्धरले बताउनुभयो । मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको थियो । अहिले शवलाई भिरबाट निकालिएको उनको भनाइ छ ।

उनले भने, “दुर्घटना राति १ बजेतिर भएको हो, हामीलाई दुर्घटना भएको केही समयमै खबर आएको थियो, घटनास्थलमा पुगेर खोजतलास गर्दा एउटा शव फेला पर्‍यो, ट्याक्टरमा अरु पनि थिए की भन्ने हिसाबले खोज्यौँ तर एक जना चालक मात्रै हुनुहुँदोरैछ ।” दुर्घटनाबारे थप अनुसन्धान भइरहेको मानन्धर बताउछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट