२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

धनुषामा राजगुठी सम्पत्तिमाथि कडाइ : अतिक्रमण तत्काल हटाउन गुठी संस्थानको चेतावनी, अटेर गरे कानुनी कारबाही

शनिवार , जेठ ३०, २०८३

धनुषा / धनुषा जिल्लाभित्र रहेका राजगुठी अन्तर्गतका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा बढ्दो अतिक्रमणप्रति गम्भीर बनेको गुठी संस्थानले अनधिकृत कब्जा हटाउन सार्वजनिक सूचना जारी गरेको छ। संस्थानले तत्काल अतिक्रमण हटाउन निर्देशन दिँदै अटेर गरे प्रचलित कानूनअनुसार कारबाही अघि बढाइने चेतावनी दिएको छ।

सार्वजनिक तथा धार्मिक महत्व बोकेका सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठी सम्पत्तिमा भएको अनधिकृत अतिक्रमण हटाउन कडा कदम चाल्ने संकेत दिएको छ।

संस्थानले जारी गरेको सूचनाअनुसार जिल्लाका विभिन्न स्थानमा रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गा केही व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा प्रयोग गर्दै संरचना निर्माण गरी भोगचलन गरिरहेको अवस्था भेटिएको छ।

IMG_6517.JPG

गुठी संस्थानका अनुसार यस्ता गतिविधिले धार्मिक, सांस्कृतिक तथा सार्वजनिक सम्पत्तिको मौलिक स्वरूपमाथि असर पार्नुका साथै दीर्घकालीन संरक्षणमा चुनौती थपिएको छ। त्यसैले सम्बन्धित सबै पक्षलाई स्वेच्छिक रूपमा अतिक्रमण हटाउन आग्रह गरिएको छ।

संस्थानले जारी गरेको सूचनामा अनधिकृत रूपमा बनाइएका संरचना हटाउन तथा कब्जा छाड्न भनिएको छ। अन्यथा प्रचलित कानूनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट उल्लेख गरिएको छ।

गुठी अन्तर्गतका सम्पत्तिको संरक्षण सरकार वा संस्थानको मात्र दायित्व नभई स्थानीय समुदाय, सरोकारवाला निकाय र नागरिकको साझा जिम्मेवारी भएको संस्थानको भनाइ छ। सार्वजनिक तथा धार्मिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न र अतिक्रमण रोक्न सबै पक्षलाई सक्रिय भूमिका खेल्न पनि आग्रह गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट