२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

योगेश र शंकरलाई रामकुमारी झाँक्रीको खुला अपिल : ‘दायाँ–बायाँ नगर्नुस्, एमालेलाई एकताबद्ध बनाएर अघि बढ्नुस्’

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले पार्टीका नेताद्वय योगेश भट्टराई र शंकर पोखरेललाई सम्बोधन गर्दै लामो सार्वजनिक अपिल गरेकी छन्। 

उनले वर्तमान राजनीतिक परिस्थितिमा एमालेभित्र एकता, संवाद र साझा दृष्टिकोणको आवश्यकता औँल्याउँदै दुवै नेताले अग्रसरता लिनुपर्ने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा झाँक्रीले देश, पार्टी सदस्य र मतदाताले दुवै नेतिलाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै आजको नेपाली समाजका चुनौतीबारे पार्टीको दृष्टिकोण स्पष्ट र एकीकृत बनाउन आग्रह गरेकी छन्।

उनले पार्टीभित्र रहेका समस्या केवल अध्यक्ष केपी शर्मा ओलीसँग मात्र सम्बन्धित नभएको बताउँदै समस्या समाज, पार्टी र कार्यकर्ताभित्र समेत रहेको उल्लेख गरेकी छन्। ती समस्याको वस्तुपरक विश्लेषण गरेर साझा निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ।

झाँक्रीले शंकर पोखरेलले जनसंगठनका इन्चार्ज र अध्यक्षहरूको भेलामा गरेको विश्लेषण आफूलाई प्रभावशाली लागेको उल्लेख गर्दै अध्यक्ष ओलीको विश्लेषण र शंकर पोखरेलको विश्लेषणबीच तात्विक भिन्नता नरहेको दाबी गरेकी छन्। त्यसैले एकअर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक कमजोरी स्वीकार गरेर अघि बढ्नुपर्ने वातावरण बनाउन आग्रह गरेकी छन्।

उनले योगेश भट्टराई र शंकर पोखरेललाई पार्टीभित्रको मतभेद अन्त्य गर्दै अध्यक्षलाई समेत साथमा लिएर अगाडि बढ्न सुझाव दिएकी छन्। “दायाँ–बायाँ नगर्नुस्, संकटको सामूहिक सामना गरौँ,” भन्दै झाँक्रीले आफूले बहिनीको हैसियतले यस्तो आग्रह गर्ने अधिकार राख्ने उल्लेख गरेकी छन्।

पार्टी कमजोर हुँदा देश र समाजमा देखिन सक्ने असरबारे दुवै नेताहरू जानकार रहेको उल्लेख गर्दै उनले एमालेलाई थप सशक्त, एकताबद्ध र जनतासँग जोडिएको पार्टी बनाउन नेतृत्व तहले भूमिका खेल्नुपर्नेमा जोड दिएकी छन्।

सन्देशको अन्त्यमा झाँक्रीले आफू एमालेमा फर्किएपछि कार्यकर्ताहरूबाट पाएको आत्मीयता स्मरण गर्दै पार्टीभित्र सबैको आ–आफ्नो महत्व रहेको र संकटको सामना सामूहिक रूपमा गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट