२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सरकारको कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पारेको बताएका छन् ।

आईतबार पार्टी कार्यालयमा आयोजित सुवर्ण शम्शेर इकोनोमिक श्रृङ्खला कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले आयकरको सीमा ५ देखि १० लाख पुर्याएर राहत दिएजस्तो गरे पनि घुमाउरो बाटोबाट शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत आवश्यकतामा कर (भ्याट) लगाएर मध्यम वर्गको ढाड सेक्ने काम गरेको आरोप लगाए । 

प्रस्तुत बजेटले देशको वर्तमान आर्थिक शिथिलता र संरचनागत समस्याहरूलाई सम्बोधन गर्न नसकेको उनले दाबी गरे । बजेटले अहिलेको निराशालाई चिर्न नसक्ने हुँदा यसको गम्भीर समीक्षा हुनुपर्ने उनको भनाइ छ । त्यस्तै, सभापति थापाले कृषि बजेट कटौतीप्रति असन्तुष्टि जनाउदै रासायनिक मल खरिदका लागि विगत वर्षमा ३२ अर्ब छुट्याइएकोमा यस वर्ष २८ अर्ब मात्र विनियोजन गरिँदा किसानलाई प्रत्यक्ष मार पर्ने बताए । 

सूचना प्रविधि (आईटी) र स्टार्टअपलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरेका नीतिहरू सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको थापाले बताए । राज्यले जग्गा वा भवन उपलब्ध गराएर प्लग एन्ड प्ले को वातावरण बनाउनुपर्ने उनको सुझाव छ । लोकतन्त्रमा सरकार बहुमतले चले पनि विधिको शासन र स्थापित प्रक्रियाहरूलाई मिच्न नपाइने कुरामा उनले जोड दिए ।

त्यस्तै, उनले पार्टीभित्र आर्थिक र नीतिगत बहसलाई संस्थागत गर्न नेपाली कांग्रेसले पोलिसी एकेडेमीमार्फत “बीपी साहित्य सम्मेलन” र “सुवर्ण शमशेर इकोनोमिक कन्क्लेभ” जस्ता शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्न लागेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट