२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

विश्वकप फुटबल : अन्तिम मिनेटमा अमाद चम्किँदा आइभरी कोस्टको विजयी सुरुआत

सोमवार , आषाढ १, २०८३

काठमाडौं  / २०२६ फिफा विश्वकपमा आइभरी कोस्टले रोमाञ्चक जितसहित आफ्नो अभियान सुरु गरेको छ। समूह ‘ई’ अन्तर्गत भएको खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो ।

खेल गोलरहित बराबरीतर्फ अघि बढिरहेको बेला आइभरी कोस्टका अमाद डियालोले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । अन्तिम क्षणमा आएको उक्त गोलले मैदानमा उपस्थित समर्थकलाई उत्साहित बनायो भने इक्वेडर स्तब्ध बन्यो।

खेलभर भने इक्वेडरले नै आक्रामक प्रदर्शन गरेको थियो। विशेषगरी पहिलो हाफमा उसले गोल गर्ने थुप्रै अवसर सिर्जना ग¥यो । दुई पटक बल क्रसबारमा लाग्दा इक्वेडर दुर्भाग्यपूर्ण रूपमा अग्रता लिनबाट चुक्यो ।

अवसरको सदुपयोग गर्न नसक्नु इक्वेडरका लागि महँगो सावित भयो। खेलको अन्त्यतिर आइभरी कोस्टले पाएको अवसरलाई अमादले गोलमा परिणत गरेपछि खेलको नतिजा तय भयो ।

यस जितसँगै आइभरी कोस्टले तीन अंक जोडेको छ। समूह ‘ई’ मा ऊ तीन अंकसहित शीर्ष स्थानमा रहेको जर्मनी सँग अंक बराबरीमा पुगेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट