२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

औसत मिति टर्दा पनि भित्रिएन मनसुन, 'एलनिनो' का कारण केही दिन ढिला हुने र कमजोर बन्ने सङ्केत

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन  भित्रिन सकेको छैन ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए अझै केही दिन ढिला हुने जानकारी दिइन् ।
   
मौसमविद् पोखरेलले भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिइन् ।

नेपालमा हाल कोशी, बागमती र गण्डकी प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहितको मध्यम वर्षा भइरहेको छ ।

“हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ । जसले गर्दा नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसियालगायत नेपालको मनसुन कमजोर हुनसक्ने सम्भावना देखिएको छ”, उनले भने ।

विगतमा  सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, सन् २००२, २००९ २०१६, २०१९ र २०२३ मा पनि मनसुन ढिला प्रवेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट