काठमाडौं । सबै प्रदेशको अधिवेशन सम्पन्न भएपनि मधेश प्रदेशको अधिवेशन हुन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले मधेश प्रदेशका पार्टी सांसदहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा मधेश प्रदेशको संगठनात्मक अवस्था, प्रदेश अधिवेशनको तयारी तथा देखिएका आन्तरिक विवादका विषयमा कुराकानी भएको सासंद टेकबहादुर शाक्यले जानकारी दिए ।
रास्वपाले देशका अधिकांश क्षेत्रमा संगठन विस्तार र अधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला मधेश प्रदेशमा भने विवादका कारण जिल्ला अधिवेशनसमेत सम्पन्न हुन सकेको छैन, यही अवस्थालाई मध्यनजर गर्दै सभापति लामिछानेले प्रदेशका सांसदहरूसँग प्रत्यक्ष छलफल गरी समस्याको समाधान खोज्ने प्रयास गरेका हुन्।
मधेश प्रदेशमा देखिएका संगठनात्मक असन्तुष्टि, नेतृत्व व्यवस्थापन र अधिवेशन प्रक्रियासम्बन्धी विषयहरू बैठकमा उठाइएको थियो। आगामी दिनमा अधिवेशन प्रक्रिया अघि बढाउने तथा संगठनलाई थप मजबुत बनाउने विषयमा समेत छलफल केन्द्रित भएको सासंद शाक्यले जानकारी दिए । महाधिवेशन केन्द्रीत रहेर छलफल भएको र आफुहरुले पनि सभापतिलाई आफ्ना जिज्ञासाहरु राखेको सासंद शाक्यले जानकारी दिए । महाधिवेशनलाई अर्थपुर्ण रुपमा सम्पन्न गर्नका लागि सभापतिको निर्देशन थियो सासंद शाक्यले भने ।
प्रतिक्रिया दिनुहोस