सभामुख डोलप्रसाद अर्याल ले कार्यविधिअनुसार उनलाई बोल्न अनुमति नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोधस्वरूप सदनको वेल घेराउ गरेका हुन्।
काठमाडौ / बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी रहेकै बेला सम्बन्धित मन्त्रीहरूले उठाइएका प्रश्नहरूको जवाफ दिइरहेका थिए। सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण राख्न खोजेका थिए।
तर, सभामुख डोलप्रसाद अर्याल ले कार्यविधिअनुसार उनलाई बोल्न अनुमति नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोधस्वरूप सदनको वेल घेराउ गरेका हुन्।
स्थिति तनावपूर्ण बनेपछि सभामुख अर्यालले सांसदहरूलाई संसदीय मर्यादा र आफ्नो कर्तव्यको पालना गर्न आग्रह गर्दै सचेत गराए।
‘सभामुखको आदेशको पालना गर्नु सबै माननीय सदस्यहरूको दायित्व हो। श्रम संस्कृति पार्टीका सबै माननीय सदस्यहरूलाई आफ्नो कर्तव्य पालना गर्न सचेत गराउँछु,’ सभामुख अर्यालले बैठकमा धेरै पटक भनेका थिए ।
विरोधका बीच पनि प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल कार्यक्रम अगाडि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस