२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

सेयर धितो कर्जामा बैंकहरुको आक्रामक लगानी, नबिल बैंक शीर्ष स्थानमा (सूचीसहित)

बुधवार , आषाढ ३, २०८३

नबिल बैंकले बैशाख मसान्त, ०८३ सम्म १७ अर्ब ६८ करोड मार्जिन कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २१ दशलमव १९ प्रतिशतको वृद्धि हो । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले १४ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने तेस्रो स्थानमा रहेको कुमारी बैंकको लगानी १० अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा सरकारी स्वामित्वको कृषि विकास बैंकले सबैभन्दा ठूलो छलाङ मारेको छ ।

वाणिज्य बैंकहरूले सेयर धितो (मार्जिन प्रकृतिको) कर्जा लगानीमा आक्रामक वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको बैशाख मसान्त, २०८३ सम्ममा बैंकहरूको कुल मार्जिन प्रकृतिको कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ दशलमव ३८ प्रतिशतले बढेको छ ।

गत वर्षको बैशाख मसान्तमा रु. १ खर्ब ३ अर्व १३ करोड रहेको यस्तो कर्जा यस वर्षको सोही अवधिसम्म आइपुग्दा बढेर रु. १ खर्ब ३९ अर्व ६२ करोड पुगेको छ । सेयर धितोमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ ।

नबिल बैंकले बैशाख मसान्त, ०८३ सम्म १७ अर्ब ६८ करोड मार्जिन कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २१ दशलमव १९ प्रतिशतको वृद्धि हो । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले १४ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने तेस्रो स्थानमा रहेको कुमारी बैंकको लगानी १० अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा सरकारी स्वामित्वको कृषि विकास बैंकले सबैभन्दा ठूलो छलाङ मारेको छ ।

बैंकले आफ्नो मार्जिन कर्जा १५६ दशमलव १६ प्रतिशतले बढाएर ८ अर्ब ७० करोड रुपैयाँ पु¥याएको छ । त्यस्तै, एनएमबि बैंकको मार्जिन कर्जा वृद्धिदर पनि १४४ दशमलव ३८ प्रतिशत देखिएको छ ।

एनआईसी एसिया, माछापुच्छ्रे र सानिमा बैंकको वृद्धिदर पनि ९० प्रतिशतभन्दा माथि रहेको छ । बजारमा मार्जिन कर्जाको माग र लगानी बढिरहँदा ३ वटा बाणिज्य बैंकको लगानी भने खुम्चिएको छ ।

नेपाल बैंक लिमिटेडको मार्जिन कर्जा १३ दशमलव ८९ प्रतिशतले घटेर ६ अर्ब ६९ करोडमा सीमित भएको छ । सिटीजन बैंकको कर्जा १४ दशमलव ७२ प्रतिशतले घटेको छ । नेपाल एसबीआई बैंकको कर्जा पनि ७ दशलमव ३३ प्रतिशतले घटेको छ । यता स्टाण्डर्ड चार्टर्ड बैंकले भने गत वर्ष जस्तै यस वर्ष पनि मार्जिन प्रकृतिको कर्जामा कुनै लगानी गरेको छैन ।

वाणिज्य बैंकले सेयरधितो कर्जामा गरेको लगानी

bank seet.JPG

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट