काठमाडौं । प्रतिनिधि सभा बैठक पुनः स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसद तथा मन्त्रीहरूको अनुपस्थितिका कारण बैठक स्थगित गरिएको हो ।
यसअघि पनि प्रतिनिधि सभा बैठकको मिति सारिएको थियो । पछिल्लो पटक बैठक स्थगित भएसँगै संसदको नियमित कार्यसूची प्रभावित भएको छ ।
अब प्रतिनिधि सभा बैठक शनिबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस