२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपा महाधिवेशन

महामन्त्रीमा तीन दाबेदार पछि हटे, आठ जना चुनावी मैदानमा

शुक्रवार , आषाढ १२, २०८३

भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। सहमति र पार्टी एकतालाई प्राथमिकता दिँदै तीन जना प्रमुख आकांक्षीले उम्मेदवारी फिर्ता लिएका छन्।

केन्द्रीय सदस्य निर्वाचित भएका जगदीश खरेल (ललितपुर) ले सहमति र एकताका लागि भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ,” भन्दै निर्णय सार्वजनिक गरेका हुन्।

यस्तै, रास्वपाका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री शिशिर खनाल ले पनि सहमतिको चाहनालाई सम्मान गर्दै महामन्त्री पदको दाबीबाट पछि हटेको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पार्टीलाई थप सशक्त बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेका छन्। उनले आगामी दिनमा पनि पार्टीलाई बलियो बनाउने अभियानमा आफ्नो सक्रिय भूमिका रहने बताएका छन्।

त्यसैगरी, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी पनि चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक उम्मेदवारको नामावलीमा उनको नाम समावेश भए पनि अन्तिम नामावलीमा उनले उम्मेदवारी फिर्ता लिएपछि उनको नाम हटाइएको हो।

तीन जना उम्मेदवारले नाम फिर्ता लिएपछि अब महामन्त्री पदका लागि आठ जना चुनावी मैदानमा रहेका छन्।  प्रमोद न्यौपाने, राजुनाथ पाण्डे,मनिष झा,रञ्जु दर्शना
गणेश कार्की,गणेश पराजुली,सागर ढकाल,विपिन कुमार आचार्य प्रतिस्पर्धामा रहनेछन् ।

महामन्त्री पदका लागि हुने निर्वाचनलाई चासोको साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट