२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

ऋण असुलीपछि तुलसी सहकारीका १५८ बचतकर्ताले पाए बचत फिर्ता, थप वितरण पनि जारी रहने

शनिवार , आषाढ १३, २०८३

काठमाडौं / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका बचतकर्तालाई बचत रकम फिर्ता गर्न सुरु गरेको छ । पहिलो चरणमा १५८ जना साना बचतकर्ताले आफ्नो रकम प्राप्त गरेका छन्।

समितिका अनुसार समस्याग्रस्त सहकारीबाट गरिएको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा बचतकर्तालाई रकम फिर्ता गरिएको हो। सरकारले बचतकर्ताको रकम क्रमिक रूपमा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।

पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखिएको समितिले जनाएको छ। आगामी चरणमा बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि रकम वितरण गरिने बताइएको छ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त स्रोतलाई प्रचलित कानुनी व्यवस्था अनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने काम निरन्तर रूपमा सञ्चालन भइरहेको समितिको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट