२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

महाधिवेशन सकियो, विवाद सकिएन : रास्वपामा बलियो बन्यो रवि प्रभाव, बालेन धारलाई कसरी समेट्ला नेतृत्वले ?

शनिवार , आषाढ १३, २०८३

तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्ततः सात दिनपछि टुंगिएको छ । तर महाधिवेशनले नयाँ नेतृत्व मात्रै दिएको छैन, पार्टीभित्रको शक्ति–सन्तुलन, असन्तुष्टि र भावी आन्तरिक राजनीतिबारे पनि धेरै प्रश्न छाडेको छ ।

महाधिवेशन अवधिभर प्रतिनिधिदेखि केन्द्रीय सदस्य र पदाधिकारी तहसम्म असन्तुष्टिका आवाज सुनिए। कतिपय प्रतिनिधिले मतदान गर्न नपाएको गुनासो गरे भने कतिपय उम्मेदवारले एक मतसमेत नपाएको चर्चा सार्वजनिक भयो । निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतसम्म जाने चेतावनीका स्वरसमेत सुनिए ।

यद्यपि विवाद र आलोचनाबीच रास्वपाले आफ्नो पहिलो महाधिवेशनबाट औपचारिक रूपमा नेतृत्व चयन गरिसकेको छ । कुनै पनि राजनीतिक दलको महाधिवेशनमा केही विवाद हुनु अस्वाभाविक मानिँदैन, तर यसपटक रास्वपाभित्र देखिएको असन्तुष्टि अपेक्षाभन्दा धेरै गहिरो देखिएको टिप्पणी पार्टीभित्र र बाहिर दुवैतर्फ सुनिएको छ ।

असन्तुष्टिको स्तर यति धेरै देखियो कि पदाधिकारी निर्वाचनको समयसम्म आइपुग्दा आधाभन्दा बढी प्रतिनिधि घर फर्किसकेको थिए । यही कारण रास्वपाको पहिलो महाधिवेशनलाई सामान्य निर्वाचन प्रतिस्पर्धाभन्दा बढी व्यवस्थापन र समन्वयको परीक्षाका रूपमा पनि हेरिएको छ ।

यद्यपि विवाद र आलोचनाबीच रास्वपाले आफ्नो पहिलो महाधिवेशनबाट औपचारिक रूपमा नेतृत्व चयन गरिसकेको छ । कुनै पनि राजनीतिक दलको महाधिवेशनमा केही विवाद हुनु अस्वाभाविक मानिँदैन, तर यसपटक रास्वपाभित्र देखिएको असन्तुष्टि अपेक्षाभन्दा धेरै गहिरो देखिएको टिप्पणी पार्टीभित्र र बाहिर दुवैतर्फ सुनिएको छ ।

महाधिवेशनपछि नवनिर्वाचित सभापति रवि लामिछानेले समूहगत प्रचार भए पनि अब पार्टीभित्र पक्ष–विपक्ष नरहने र सबै एउटै टिमका रूपमा अघि बढ्ने बताएका छन् । तर निर्वाचन परिणामले भने संगठनात्मक रूपमा उनकै प्रभाव अझ संस्थागत भएको सन्देश दिएको देखिन्छ ।

रास्वपाको नयाँ नेतृत्व संरचना हेर्दा सभापति निकट समूहको वर्चस्व स्पष्ट देखिन्छ । उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भए भने महिला उपसभापतिमा सोविता गौतम विजयी भइन्। महामन्त्रीमा विपिन आचार्य निर्वाचित भए । सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह तथा महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएका छन् ।

निर्वाचन परिणामपछि पार्टीभित्र अर्को बहस पनि सुरु भएको छ— के रास्वपाभित्र वैकल्पिक धार साँच्चै कमजोर भएको हो, वा नेतृत्व संरचनामा मात्रै त्यसको प्रभाव सीमित देखिएको हो ?

पार्टीभित्र अनौपचारिक रूपमा विभिन्न धारको चर्चा भइरहे पनि सार्वजनिक रूपमा सबैभन्दा बढी चर्चा सभापति रवि लामिछाने निकट समूह र प्रधानमन्त्री एवम पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसँग निकट मानिने नेताहरूको प्रभावबारे भइरहेको छ । पदाधिकारीतर्फ असिम शाहलाई वैकल्पिक धारबाट आएको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

अब रास्वपाको अर्को महत्वपूर्ण चरण मनोनयन हुनेछ । विधानअनुसार अझै केही पदाधिकारी मनोनयन गर्न बाँकी छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, प्रवक्ता र सह–प्रवक्ता लगायतका पद पूरा भएपछि मात्रै पदाधिकारी संरचना पूर्ण हुनेछ ।

यही मनोनयन प्रक्रियाले अहिले उठेका असन्तुष्टि सम्बोधन हुन्छन् वा अझ बढ्छन् भन्ने प्रश्नलाई पनि निर्धारण गर्नेछ । महाधिवेशनमा अपेक्षित प्रतिनिधित्व नपाएका समूहलाई नेतृत्वले कसरी समेट्छ भन्ने विषय अब पार्टीको आन्तरिक स्थायित्वसँग जोडिने देखिएको छ ।

महाधिवेशनले एउटा कुरा भने स्पष्ट गरेको छ— रास्वपा अझै संस्थागत हुने प्रक्रियामै छ । पहिलो महाधिवेशनले नेतृत्व चयन गर्‍यो, तर अब त्यो नेतृत्वले पार्टीभित्रको विश्वास, सन्तुलन र एकता कसरी बनाउँछ भन्ने नै आगामी राजनीतिक परीक्षाको मुख्य विषय हुनेछ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट