२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

फिफा विश्वकप २०२६: जोर्डनमाथि अर्जेन्टिनाको सानदार जित, समूह विजेता बन्दै नकआउटमा

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राख्दै नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले समूह चरणको यात्रा शतप्रतिशत नतिजासहित टुंग्याएको हो ।

उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले यसअघि आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पाखा लगाएको थियो । 

अर्जेन्टिनालाई सानदार जित दिलाउने क्रममा जियोभानी लो सेल्सो, लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान एक–एक गोल गरे । जोर्डनका लागि मुसा अल–तमारीले एक सान्त्वना गोल फर्काए ।

खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले आकर्षक फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । दबाबमा परेको जोर्डनविरुद्ध आक्रामक खेल जारी राखेको अर्जेन्टिनाले ३१औँ मिनेटमा पेनाल्टीको अवसर पायो, जसलाई लाउटारो मार्टिनेजले सहजै गोलमा परिणत गर्दै टोलीको अग्रता २–० पुर्‍याए ।

पहिलो हाफमा दुई गोलले पछि परेको जोर्डनले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्‍यो । खेलको ५५औँ मिनेटमा मुसा अल–तमारीले गोल गर्दै जोर्डनलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

जोर्डनले दबाब बढाउन खोजेपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेसीले आफ्नो जादुमयी खेल देखाए । खेलको ८०औँ मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट