२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैन :  राजेशकाजी श्रेष्ठ

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विस्तार नै मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको प्रमुख आधार भएको बताएका छन् ।

काठमाडौंको सितापाइलामा फेसियल हाउसको १२औँ शाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गरे ।

उनले फेसियल हाउसले दुई सयभन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएर उदाहरणीय कार्य गरेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान भएको बताए ।

“रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान हो। फेसियल हाउसले सयौँ युवालाई रोजगारी दिएको छ, यसले देशको अर्थतन्त्रलाई समेत महत्वपूर्ण टेवा पुर्याएको छ,” उनले भने ।

श्रेष्ठले सेवा क्षेत्रका यस्ता सफल नेपाली उद्यमहरू विस्तार हुँदै जाँदा आर्थिक गतिविधि बढ्नुका साथै युवाका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे । उनले फेसियल हाउसलाई आगामी दिनमा थप शाखा विस्तार गर्दै अझ सफल बन्न शुभकामना पनि दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवं नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसले सौन्दर्य सेवा मात्र नभई सीप विकास र महिला आर्थिक सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुर्याइरहेको बताउँदै उद्यम प्रबद्र्धनमा एकजुट भएर लाग्न आग्रह समेत गरिन् । 

सञ्चार उद्यमी तथा महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले निरन्तर मेहनतले फेसियल हाउसलाई आजको सफल स्थानमा पुर्याएको उल्लेख गर्दै महिलाले पनि व्यवसाय र रोजगारी सिर्जनामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उदाहरण बनेको बताइन् ।

फेसियल हाउसकी संस्थापक सुश्मा महराले शाखा विस्तारबारे बोल्दै १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले हाल काठमाडौं, पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा विस्तार गरिसकेको जानकारी गराईन् ।  “काठमाडौं र चितवनमा ’फेसियल एकेडेमी’ सञ्चालन गर्दै सौन्दर्य क्षेत्रका दक्ष जनशक्ति उत्पादनसमेत गर्दै आएका छौँ,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट