२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

राष्ट्रियसभा बैठक : कुन सांसदले के भने ?

सोमवार , आषाढ १५, २०८३

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेदभाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकका विशेष समयमा सदस्य सोमनाथ पोर्तेलले जातीय भेद्भाव हटाउन राज्यका तर्फबाट क्षमायाचना गरी नीतिगत काम गर्न माग गरे ।

सांसद रञ्जित कर्णले प्रदेश संरचनाको कमजोरी भए सुधार गर्नुपर्ने जनाउनुहुँदै कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन, मधेस प्रदेशलगायत देशभर खानेपानी समस्या समाधान गरी एक घर एक खानेपानीको धारा व्यवस्था गर्न माग गरे । सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश संरचना खारेज गरिन नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट