नेपाल राष्ट्र बैंकले आज ३५ अर्बको ऋणपत्र जारी गर्ने भएको छ।
नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘क’ बोलकबोलमार्फत मंगलबार जारी हुनलागेको हो। यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ।
ती संस्थाहरुले न्यूनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्ममा बोल लगाउन पाउनेछन्।
अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको सावाँ र ब्याज भुक्तानी अर्को वर्ष असार १६ मा गरिनेछ।
प्रतिक्रिया दिनुहोस