२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु

मंगलवार , आषाढ १६, २०८३

 रसुवागढी हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु भएको छ। वर्षायाममा पूर्ण क्षमतामा निर्वाध रूपमा विद्युत उत्पादन गर्ने उद्देश्यले मर्मतसम्भारका लागि बन्द गरिएको केन्द्रबाट असार १५ गतेदेखि उत्पादन पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ ।

गत वर्ष २०८२  असार २४ गते आएको ठूलो हिम बाढीका कारण रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका, टिमुरेमा अवस्थित उक्त जलविद्युत केन्द्रका अधिकांश संरचना तथा मेसिन उपकरणहरूमा ठूलो क्षति पुगेको थियो। 

त्यसपछि आंशिक रूपमा पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरू सम्पन्न गरी केन्द्रका ३ वटै युनिटबाट विद्युत उत्पादन सुचारु गरिएको थियो। तर, आगामी वर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै र पूर्ण क्षमतामा विद्युत उत्पादन सुनिश्चित गर्न वर्षा अगावै केही अत्यावश्यक पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यहरू सम्पन्न गर्नुपर्ने थियो।

पुनर्निर्माणका काम सम्पन्न गर्न २०८३ जेठ २६ गतेदेखि असार १४ गतेसम्म आयोजना पुनः बन्द गरिएको थियो। उक्त अवधिमा आवश्यक सबै काम सम्पन्न भएपछि असार १५ गतेदेखि रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुनः सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट