२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट: सुन तोलामा ६०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार २७० कायम भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन रु दुई लाख ७७ हजार ९०० र चाँदी रु चार हजार २८५ मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट