२०८३, आषाढ २८ गते

आइतवार, आषाढ २८ गते २०८३

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

आइतवार , आषाढ २८, २०८३

इस्लामाबाद/सिन्ह्वा । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ्न आग्रह गरेका छन् । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार, उक्त आग्रह जुन २०२६ मा भएको ‘इस्लामाबाद समझदारीपत्र’ (एमओयू) मा गरिएको सहमतिअनुरूप रहेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, दारले आइतबार इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्दै पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल गरेका थिए ।

वार्ताका क्रममा दारले विवाद समाधानका लागि संवाद र कूटनीति नै सबैभन्दा उपयुक्त माध्यम भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिए । 

उनले क्षेत्रीय शान्ति प्रवद्र्धन र स्थायित्व कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पाकिस्तान प्रतिबद्ध रहेको दोहोर्याएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार