२०८३, आषाढ २८ गते

आइतवार, आषाढ २८ गते २०८३

आयात प्रतिस्थापन गर्ने एलेक्सा लाइफ साइन्सेसलाई सम्मान

आइतवार , आषाढ २८, २०८३

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको एलेक्सा लाइफ साइन्सेस प्रालिलाई उद्योग संगठन मोरङले विशेष सम्मान गरेको छ । 

स्वदेशमै गुणस्तरीय औषधिजन्य वस्तु उत्पादन गरी आयातमा रहेको निर्भरता घटाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उद्योगलाई सम्मान गरिएको हो ।

उद्योग संगठन मोरङको ३३ औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित भव्य कार्यक्रमका बीच कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले सो सम्मान प्रदान गरे । 

कम्पनीका तर्फबाट निर्देशक रन्जित भगतलाई मन्त्री लिङ्थेपले कदर पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरे । 

एलेक्सा लाइफ साइन्सेस स्वदेशमै अन्तर्राष्ट्रिय मापदण्डको स्लाइन पानी  उत्पादन गर्ने नेपालकै दोस्रो उद्योग हो। हाल यस उद्योगले १०० एमएलदेखि ३००० एमएलसम्मका विभिन्न साइजमा मासिक ९ लाख बोतल स्लाइन उत्पादन गर्ने क्षमता राख्दछ। स्वदेशी उत्पादनले मुलुकको स्वास्थ्य प्रणालीमा आत्मनिर्भरता बढाउन र विदेशी मुद्रा बाहिरिनबाट जोगाउन ठुलो योगदान पु¥याएको भन्दै संगठनले यसको उच्च मूल्याङ्कन गरेको छ ।

एकातर्फ उद्योग सम्मानित भइरहँदा अर्कोतर्फ सरकारको त्रुटिपूर्ण मूल्य नीतिका कारण उद्योग नै बन्द हुने अवस्थामा पुगेको सञ्चालकहरूले बताएका छन्। उद्योगी दिनेश ठाकुरले औषधिको अधिकतम खुद्रा मूल्य समयअनुसार समायोजन नहुँदा एकातिर बिरामी मारमा परेका छन् भने अर्कोतर्फ उत्पादक उद्योगहरू संकटमा परेको जानकारी दिए । 

उनका अनुसार नेपालमा २०६४ सालमा तोकिएको औषधिको एमआरपी हालसम्म परिवर्तन भएको छैन। ‘नयाँ औषधिको मूल्य बजारको वास्तविक अवस्थाअनुसार समायोजन नहुँदा बिरामीले अनावश्यक महँगो मूल्य तिर्नुपरिरहेको छ भने स्लाइनजस्ता अत्यावश्यक औषधि उत्पादन गर्ने उद्योगहरू लागत मूल्यसमेत नपाएर संकटमा छन्,’ ठाकुरले भने । 

विशेषगरी स्लाइन उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ प्लास्टिक दाना  र प्याकेजिङ सामग्रीको मूल्य अन्तर्राष्ट्रिय बजारमा दोब्बर भइसकेको छ। सरकारले २०६४ असार १० गतेको मन्त्रीस्तरीय निर्णयबाट तोकेकै मूल्यमा अहिले पनि उत्पादन गर्नुपर्ने बाध्यताले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएको उद्योगीहरूको भनाइ छ ।

हाल नेपालमा तीनवटा स्वदेशी र पाँचवटा विदेशी कम्पनीले स्लाइन आपूर्ति गर्दै आएका छन् । उद्योगी ठाकुरले अहिलेको मौज्दात कच्चा पदार्थले करिब एक महिना मात्रै उत्पादन धान्न सक्ने र सरकारले तत्काल मूल्य समायोजन नगरे उत्पादन नै ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिए ।

स्वदेशी उद्योगलाई सम्मान मात्र नभई सरकारले व्यावहारिक नीति र मूल्य समायोजन गरी संरक्षण गर्नुपर्नेमा उद्योगीहरूले जोड दिएका छन् । सरकारी निकायको उदासीनताका कारण  पुरानै एमआरपीको फाइदा उठाइरहेको र अर्कोतिर जीवनरक्षक औषधि उत्पादन गर्ने उद्योगहरू चरम संकटमा परेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार