काठमाडौं । आत्मदाहबाट ज्यान गुमाएका मुगु सोरू गाउँपालिका–१ का गणेश नेपालीको शव अन्त्येष्टिको लागि पशुपति आर्यघाट लगिएको छ ।
उनले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए । शुक्रबार उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।
कर्णालीको संस्कार अनुसार उनको शव यात्रा गरिएको थियो ।
उनको मृत्युपछि आइतबार सरकार र उनको परिवारबीच ९ बुँदे सहमति भएको छ । यससँगै, आज गणेशको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस