२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गर्छौँ : मुख्यमन्त्री बानियाँ

मंगलवार , आषाढ ३०, २०८३

पाटन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गरिने बताएका छन् ।

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा आज यहाँ आयोजित समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ता कार्यक्रममा उनले हालको समस्या समाधान भएपछि नयाँ समिति गठन गरी हस्तान्तरण गर्न सकिने बताएका छन् ।

सहकारीमा बचत गरेका सबैको बचतको सुरक्षा गर्ने कार्यमा ध्यान दिइरहेको बताउँदै मुख्यमन्त्री बानियाँले भने, “अब समस्याग्रस्त घोषित सहकारीका सबैले पैसा पाउने अवस्था सिर्जना गर्छौँ, ऋणीको समस्या सुन्छौँ, ऋण तिर्ने वातावरण तयार हुनुपर्छ, यसका लागि राज्य कठोर हुन्छ ।”

उनले महिलाले सञ्चालन गरेका सहकारी, कृषि सहकारी, केही बचत तथा ऋण सहकारी राम्रोसँग चलेको बताए ।

मुख्यमन्त्री बानियाँले भने, “मन र बचनले जनताको हितमा काम गर्ने हो, बेइमानी गर्ने सहकारी सञ्चालकलाई कानुन बमोजिम कारबाही हुन्छ, ऋण उठ्ने आधारमा प्रभावकारी कदम चालिन्छ, पैसा तिर्ने मनस्थिति बनाउने ऋणीहरूलाई सहयोग गर्न तत्पर छौँ ।”त्यस अवसरमा उनले पाँच वटा समस्याग्रस्त सहकारीको १० हजारदेखि ५० हजारसम्म फिर्ता गरेर आशा जगाउने प्रयास गरेको बताए ।

बागमती प्रदेशअन्तर्गत रहेका पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाकासाना बचतकर्ताहरूको बचत फिर्ता आजैबाट सुरु भएको छ ।

प्रदेशबाट हालसम्म सिभिल बचत तथा ऋण सहकारी संस्था सोल्टिमोड; दर्शन बचत तथा ऋण सहकारी संस्था कीर्तिपुर; सुमेरु बचत तथा ऋण सहकारी संस्था पुल्चोक; नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था सामाखुसी र लालीगुँरास बचत तथा ऋण सहकारी संस्था खुसीबुलाई समस्याग्रस्त घोषित गरिएको छ ।

प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले साना बचतकर्ताको अधिकतम रु एक लाखसम्मको बचत रकम फिर्ताको सुरुवात गरेको हो । सुमेरु बचत तथा ऋण सहकारी संस्था पुल्चोकका बचतकर्ता तीर्थमायाँ राईले सहकारीमा जम्मा गरेको आफ्नो ४८ हजार रकम फिर्ता पाएपछि खुसी लागेको प्रतिक्रिया दिए ।

नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, सामाखुसीका जिज्ञासा मायाँ श्रेष्ठले रु ७८ हजार ५०० को चेक बुझ्दै यो कार्यले सहकारीका बचतकर्तामा आशा पलाएको बताए ।

समितिले सुरुवातमा एक हजार ७६६ बचतकर्तालाई चार करोड १५ लाख फिर्ता गर्ने जनाएको छ । कार्यालयले ऋणीबाट नौ करोड ५४ लाख उठेकोमा गम्भीर किसिमका बिरामीलाई प्राथमिकतामा राखेर फिर्ता गर्ने जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सिग्देलले ऋणीले ऋण तिर्ने वातावरण बनाउन निकै मेहिनत गर्नुपरेको जनाउँदै नियम कानुनलाई आधार कठोर निर्णय चाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट