२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

संसद्‌मा केहीबेर बसेर निस्किए रवि र बालेन

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन सिंहदरबारस्थित संसद भवनमा पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बैठकमा बसेर निस्किएका छन् ।

मंगलबार बैठकमा सहभागी हुन प्रधानमन्त्री शाह र सभापति लामिछाने एक साथ प्रतिनिधिसभा बैठकमा पुगेका थिए । तर, उनीहरु करिब २० मिनेट बैठकमा बसेर निस्किएका हुन् ।

प्रधानमन्त्री शाह र सभापति लामिछाने  बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरुेका थिए । 

विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेला संसद्मा प्रधानमन्त्री बालेन उपस्थित भए पनि उनी जवाफ नदिई बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट