काठमाडौं । शेयरबजारमा लगातार आएको गिरावटप्रति असन्तुष्टि जनाउँदै लगानीकर्ताहरूले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) परिसरमा प्रदर्शन गरेका छन्।
हालैका दिनमा नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै २ हजार ८ सय अंकमाथिबाट झरेर २ हजार ५ सय अंकको दायरामा पुगेपछि लगानीकर्ताहरू आन्दोलित बनेका हुन्। बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ताको मनोबल कमजोर भएको भन्दै उनीहरूले नियामक निकायको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बिहान लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोनको कार्यालय अगाडि पुगेका लगानीकर्ताहरूले नाराबाजी गर्दै बजार सुधारका लागि प्रभावकारी कदम चाल्न माग गरेका थिए।
प्रदर्शनकारीहरूले पछिल्लो समय बजारमा देखिएको निरन्तर गिरावट रोक्न नियामक निकायले आवश्यक नीति तथा हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस