काठमाडौं । बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा व्यवसाय प्रशासन, व्यवसाय तथा व्यवस्थापन, होटेल व्यवस्थापन, सूचना प्रविधि र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमका ४१५ विद्यार्थी दीक्षित भएका हुन् ।
समारोहका प्रमुख अतिथि नबिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह रहेका थिए । कार्यक्रममा सन्डरल्यान्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि, अभिभावक तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कलेजका अनुसार, व्यवसाय तथा व्यवस्थापन (बीबीए), होटेल व्यवस्थापन (बीएचएम), सूचना प्रविधि (बीएससी आईटी–सीएसई) तथा एमबीए कार्यक्रम उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको हो ।
दीक्षान्त समारोहका अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सन्डरल्यान्ड विश्वविद्यालयले विशेष अवार्ड प्रदान गरेको छ । साथै, उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई आईएसएमटी समूहअन्तर्गत सञ्चालित क्याम्पसहरूमा स्नातकोत्तर तह अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ ।
आईएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गर्दै आएको छ । ती क्याम्पसमा व्यवसाय प्रशासन, होटेल व्यवस्थापन, सूचना प्रविधि, साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक्स, एमबीए र एमएससी कम्प्युटिङ कार्यक्रम सञ्चालन भइरहेको कलेजले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस