२०८३, आषाढ ३२ गते

बिहिवार, आषाढ ३२ गते २०८३

जापानलाई ९ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

यससँगै नेपाली महिला यू–१९ क्रिकेट टोली एसिया कपमा छनोट पनि भएको छ।

जापानले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाएर ९० रन बनाउँदै सहज रूपमा पूरा गर्यो।

नेपालको जितमा साबित्री धामीले ३२ बलमा अविजित ४१ रन बनाइन्। उनले आफ्नो इनिङ्समा ७ चौका प्रहार गरिन्। यस्तै सना प्रविनले १६ बलमा १८ रन र सोनी पाख्रिनले २२ बलमा अविजित १८ रनको योगदान दिइन्।

यसअघि टस जितेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८६ रन मात्र बनाउन सक्यो। जापानका लागि बियान्का शिनोले अविजित ५७ रन बनाइन् भने अयाने साकुराबाले १० रन जोडिन्।

नेपालका बलरमध्ये कृष्मा गुरुङ सर्वाधिक सफल रहँदै ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन्। रिया शर्माले ४ ओभरमा २३ रन दिएर २ विकेट हात पारिन्। मनीषा उपाध्याय र अनु कडायतले समान १/१ विकेट लिए।

सहज जितसँगै नेपाल यू–१९ महिला टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट