२०८३, आषाढ ३२ गते

बिहिवार, आषाढ ३२ गते २०८३

यूनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३२ औं वार्षिक साधारण सभा आज (बुधबार) अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भएको छ। 

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१–८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु सभावाट पारित गरिएको छ ।

साथै  सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएका छन् । 

कम्पनीको आर्थिक वर्ष २०८१–८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालसम्म चुक्ता भएको पूँजी रु. २ अर्ब ३१ करोडको ४.२८५७ प्रतिशतका दरले हुन आउने रु नौ करोड नब्बे लाख बराबरको बोनश शेयर तथा सोमा लाग्ने  लाभांश कर प्रयोजनाका लागि ०.२२५६ प्रतिशतका दरले नगद लाभांश रु. बाउन्न लाख दश हजार पाँच सय छब्बीस वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ ।

त्यस्तै, सम्बन्धित निकायहरुको स्वीकृति लिई बोनस शेयर जारि गरिने र तत्पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. दुई अर्ब चौसठ्ठी करोड पुग्ने कम्पनीले जनाएको छ ।

२०८३ साल जेठ मसान्तसम्म कम्पनीको शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउण्टर र प्रादेशिक कार्यालयहरुको समायोजन गरी हाल प्रधान कार्यालय तथा प्रादेशिक कार्यालय समेत १०४ वटा शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउण्टरबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले आगामी आ.व.२०८३/८४ मा शेयरधनीहरुलाई अपेक्षित प्रतिफल दिन र कम्पनीको लक्ष्य हासिल गर्न कम्पनी क्रियाशिल रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट