२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

जगदम्बा मोटर्सले गर्यो नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, मूल्य कति ?

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट एसयुभि आधिकारिक रूपमा सार्वजनिक गरेको छ । 

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय गाडीको रूपमा ल्याइएको इ.मास ५ ले एक नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभिको विकल्प हो जसले ग्राहकहरूलाई सहरी जीवनशैली र दैनिक यात्रा अनुभवमा नयाँ आयाम थप्नेछ ।

प्रोटोन इ.मास ५ ले हालसालै मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवाड्र्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’ को उपाधी हासिल गरी अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ । 

अत्याधुनिक प्रविधि र बौद्धिक (इन्टेलिजेन्ट) डिजाइनको उत्कृष्ट संगम रहेको इ.मास ५ मा ‘वायरलेस एप्पल कारप्ले’ र ‘एन्ड्रोइड अटो’ सुविधासहित १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ । साथै, अगाडी ७० लिटरको फ्रन्ट ट्रङ्क (फ्रङ्क) र पछाडी ३७५ लिटरको ‘एक्पान्डेबल रियर लगेज कम्पार्टमेन्ट’ सहित उपयोगितालाई ध्यानमा राख्दै बनाइएका सामान राख्न गर्न मिल्ने ३२ वटा विभिन्न ठाउँहरू (स्टोरेज कम्पार्टमेन्ट्स) रहेका छन्, जसले नियमित दैनिक छोटोदुरीको यात्रा र लामोदुरीको भ्रमण दुवैका लागि व्यावहारिक उपयोगिता र सहजता प्रदान गर्दछ ।

7 (1).jfif

सार्वजनिकिकरण समारोहमा नेपालस्थित मलेसियन दूतावासका प्रतिनिधिहरू, अटोमोबाइल क्षेत्रका सरोकारवालाहरू, व्यावसायिक साझेदारहरू, सञ्चारकर्मीहरू, अटो–पत्रकारहरू, इन्फ्लुएन्सरहरू लगायत विशिष्ट अतिथिहरू र ग्राहकवर्गको उपस्थिति रहेको थियो । यो भव्य उपस्थितिले नेपालमा दिगो गतिशीलताका समाधान (सस्टेनेबल मोबिलिटि सोलुसन्स) प्रति सबैमाझ बढ्दो चासोलाई दर्शाउँछ ।

सार्वजनिकिकरण समारोहमा सम्बोधन गर्दै जगदम्बा मोटर्सका एक्जेक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, “प्रोटोनसँगको हाम्रो साझेदारीलाई निरन्तरता दिँदै हामीले प्रोटोन इ.मास ५ नेपालमा सार्वजनिक गरेका छौँ, जुन विद्युतीय सवारी साधनका विकल्पहरू तिव्र गतिमा विस्तार गर्ने हाम्रो लक्ष्यअन्तर्गत एक महत्त्वपूर्ण उपलब्धी हो । 

इ.मास ५ ले नेपाली ग्राहकहरूका लागि अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता, उत्कृष्ट विशेषताहरू र सही मूल्यको संयोजन प्रदान गर्दछ । यसले गर्दा यो इभि नेपाली ग्राहकहरूको निम्ती एक उत्कृष्ट कम्प्याक्ट एसयुभिको विकल्प बन्न पुग्छ । दिगो यातायात तथा सवारीसाधनतर्फ नेपालको रूपान्तरणलाई सहयोग गर्दै, ग्राहकको ड्राइभिङ अनुभवलाई पुनःपरिभाषित गर्ने विश्वस्तरीय विद्युतीय गाडी नेपाली बजारमा भित्र्याउन पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ ।”

7 (2).jfif

मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ । हाल प्रोटोन इ.मास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।

समारोहमा आफ्नो मन्तव्य राख्दै प्रोटोन इन्टरनेसनलका डेपुटि डाइरेक्टर लि झिदानले भने, “प्रोटोन इ.मास ५ ले विश्वव्यापी बजारमा बलियो पहिचान बनाइसकेको छ । विश्वभरका ६ लाख १० हजारभन्दा बढी ग्राहकहरूले प्रोटोन इ.मास ५ मा प्रयोग भएको ‘प्लेटफर्म’लाई अपनाएका छन् । प्रोटोन इ.मास ५ ले उन्नत प्रविधि, भरपर्दो सुरक्षा र उत्कृष्ट मूल्यसहितका गाडीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धता झल्काउँदछ । प्रोटोनको अन्तर्राष्ट्रिय विकास रणनीतिमा नेपाल एक महत्त्वपूर्ण बजार हो । जगदम्बा मोटर्ससँगको सहयार्यले प्रोटोन इ.मास ब्रान्डलाई भरपर्दो र नवप्रवर्तनीय विद्युतीय सवारी–साधन खोज्ने नेपाली ग्राहकहरूको लागि एक विश्वसनीय रोजाइ बनाउनेमा हामी विश्वस्त छौँ ।”

7 (3).jfif

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जगदम्बा मोटर्सले प्रोटोन इ.मास ५ को नेपालमा सार्वजनिकिकरणको विशेष उपलक्ष्यमा प्राइम भेरियन्टको लागि रू. २९.९९ लाख र प्रिमियम भेरियन्टको लागि रू. ३४.९९ लाखको विशेष सुरुवाती मूल्य घोषणा गरेको छ । यी विशेष सुरुवाती मूल्यहरू पहिलो १०० ग्राहकका लागि र सीमित अवधीको लागि मात्र लागू हुने कम्पनिले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले देशभरका जुनसुकै प्रोटोन इ.मास सोरुममा गई नयाँ प्रोटोन इ.मास ५ को प्रत्यक्ष अनुभव लिन र विशेषताहरूको अनुभव गर्न सक्नेछन् । साथै, सीमित अवधीको लागि लागू हुने सुरूवाती मूल्यमा इ.मास ५ बुकिङ गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट