२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

प्रस्तावित प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ यही साउन १२ र १३ गते

मंगलवार , श्रावण ५, २०८३

काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ  यही साउन १२ र १३ गते हुने भएको छ ।

संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तद्वयमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

समितिको आजको बैठकले साउन १२ गते आयुक्तद्वय र साउन १३ गते प्रमुख आयुक्तको संसदीय सुनुवाइ गर्ने कार्यसूची स्वीकृत गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

त्यस बैठकमा प्रस्तावित प्रमुख आयुक्त र आयुक्तद्वयले आफ्नो योग्यता, अवधारणा, सोच र अनुभव प्रस्तुत गर्नेछन् ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीका विषयमा एउटा उजुरी परे तापनि प्रस्तावित आयुक्तद्वयका सम्बन्धमा कुनै सिकायत प्राप्त नभएको समितिले जनाएको छ । 

समितिले गत असार २५ गते उनीहरुका सम्बन्धमा सार्वजनिक सूचना जारी गरी उजुरी माग गरेको थियो । समितिको कार्यविधिअनुसार आजको बैठकमा प्राप्त उजुरी खोलेर अध्ययनका लागि वितरण गरियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट