सुदूरपश्चिम । बैतडीमा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ५०८ जना सवारीचालकबाट ट्राफिक प्रहरीले १२ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । बैतडी ट्राफिक प्रहरीले यो रकम गत आर्थिक वर्षमा कारबाहीमार्फत असुल गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० वटा ट्रक तथा ट्याङ्कर, १९ वटा बस तथा मिनिबस, ७५४ वटा जिप, कार तथा भ्यान, ९१ वटा ट्र्याक्टर, ३५१ वटा मोटरसाइकल र १२३ वटा टेम्पोका चालकलाई नियम उल्लङ्घन गरेबापत कारबाही गरिएको थियो ।
प्रवक्ता सिंहका अनुसार सोही अवधिमा बैतडी जिल्लाभर ६२ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका छन् भने १७६ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस