२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

सुनसरीमा हटाइयो अनिश्चितकालीन कर्फ्यु, जनजीवन सामान्य बन्दै

मंगलवार , श्रावण १२, २०८३

विराटनगर। सुनसरी जिल्लामा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले सूचना जारी गर्दै साउन ११ गते राति ९ः०० बजेदेखि लागू गरिएको कर्फ्यु आदेश राती १२ः१५ बजेदेखि हटाइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउमा लगाइएको प्रतिबन्ध हटाइएको हो ।

यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालयले इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ राजमार्गबाट २०० मिटरको दूरीभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार राति भएको झडप नियन्त्रणमा लिन खोज्ने क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु लगाएको थियो । अहिले सुरक्षा अवस्थालाई सामान्य बन्दै गएको निष्कर्षसहित कर्फ्यु आदेश हटाइएको प्रशासनले जनाएको छ ।

758499207_4106447289646061_8529647279452351181_n_1SVF780JB7.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट