२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

देश संकटमा परेको बेला कम्युनिष्ट पार्टीको आवश्यक हुन्छ : माधव नेपाल

शनिवार , माघ १२, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अझै कम्युनिष्ट पार्टीको जनतामा राम्रो प्रभाव रहेको बताए । उनले अहिले कम्युनिष्ट पार्टीप्रति मात्रै नभइ सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको बताए ।

उनले कम्युनिष्ट पार्टी एकतावद्ध भएर अगाडि बढेको भए र कम्युनिष्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको देशमा अचम्मको परिवर्तन गर्नसक्ने अवस्था रहेको बताए । देश संकटमा परेको बेलामा कम्युनिष्ट पार्टीको आवश्यक हुने बताए ।

उनले भने, ‘अहिलेको राजनीतिमा थुप्रै विसंगतिहरु छन् । ति विसंगतिहरुसँग जुध्ने काम गर्यौँ भने बल्ल उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्दछ । अवश्य पनि नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना छ । कम्युनिष्ट पार्टीको जनतामा राम्रो प्रभाव छ ।

तर त्यो प्रभाव कताकता कम्युनिष्ट पार्टीप्रति मात्रै होइन, सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था पनि बनेको छ । कम्युनिष्ट पार्टी एकतावद्ध भएर अगाडि बढेको भए र यो कम्युनिष्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको भए हामी अचम्मको परिवर्तन गर्नसक्थ्यौँ ।

जनताले चाहे बमोजिमको परिवर्तन । देश र जनताको समस्यालाई जसले सम्बोधन गर्दछ, जनताले उसैलाई सम्मान गर्छन् । देश संकटमा छ भने कम्युनिष्ट पार्टी चाहिन्छ ।’

अध्यक्ष नेपालले राजनीतिक दल र सरकारले जनताका समस्या समाधान गर्नेगरी काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार