काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताएका छन् ।
शुक्रबारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतिका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरेका हुन् ।
उनले हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली भएको उल्लेख गर्दै हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्ने बताए ।
हमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय नभइ अनिवार्यताको विषय भएको बताए । जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभइ गहन नैतिक परीक्षा भएको उनले बताए । ढिलासुस्तिले विपत्तिलाई मात्र निम्तो दिने भन्दै वनमन्त्री ठकुरीले संरक्षण गर्न चाहेका भव्य हिमालहरू जस्तै संकल्पका साथ यस निर्णायक घडीमा उभिने समय भएको बताए ।
मन्त्री ठकुरीले हिमालहरूको रक्षा गरेर पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र नभइ सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस