२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

म सफल मन्त्री हुन सकेको छैन : मन्त्री गुरुङ

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू सफल मन्त्री हुन नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको तर अहिले मन्त्री बन्दा हल्ला गर्न नसकेको बताए । उनले आफूले सोझो हुँदा पनि नतिजा आउन नसकेको आफ्नो ठम्याइ रहेको उल्लेख गरे ।

मन्त्री गुरुङले भने, ‘एउटा म मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको हो । अहिले हल्ला गर्न सकेको छैन । त्यत्ति फरक छ । अहिले म सफल मन्त्री हुन सकेको छैन । त्यो पनि यहाँहरुलाई भन्न चाहन्छु ।’

मन्त्री गुरुङले सफल मन्त्री हुन नसक्दा अहिले केही आक्रोश रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट