२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

मर्मत तालिकालाई लोडसेडिङ तालिका भनेर जनता आतंकित पार्ने सूचना निकाल्ने चनौलीका हाकिमको सरुवा

बुधवार , श्रावण २१, २०८२

चितवन । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख श्रेष्ठले साउन १० गते मर्मत तालिकालाई लोडसेडिङ तालिका भनेर सार्वजनिक गरेपछि चौतर्फी आलोचना भएको थियो ।

तालिका सार्वजनिक भएको भोलिपल्टै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्थलगत अवलोकनका लागि चितवन पुगेका थिए । अनुगमनका क्रममा उनले सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले विद्युत आपुर्तिमा समस्या आएको जानकारी दिएका थिए ।

विद्युत आपूर्ति कट्टौती गर्ने सूचना निकालेर जनतालाई दिग्भ्रमित पार्ने केन्द्रका प्रमुख श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरिएको हो ।

प्राधिकरणले कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड(ग) बमोजिम वितरण तथा ग्राहक सेवा निर्देशानालय अन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरेको जनाएको छ ।

चनौली वितरण केन्द्रमा माग अनुसारको विद्युत सप्लाई हुन नसकेको भनेर केन्द्र प्रमुख श्रेष्ठले लोडसेडिङ सम्झाउने गरी तालिका प्रकाशन गरेपछि प्राधिकरण आलोचित बनेको थियो ।

साउन १२ गते चितवन पुगेका शाक्य समस्या भएको चनौली वितरण केन्द्र पुग्दा केन्द्र प्रमुख श्रेष्ठ जिल्लामै भएर पनि उपस्थित भएका थिएनन् । श्रेष्ठ कार्यालयमा नभएपछि शाक्यले अन्य इन्जिनियरहरुसँग अवस्थाको बारेमा जानकारी लिएका थिए । पश्चिम चितवनको माडी, जगतपुर, शुक्रनगर, विजयनगर, रामपुर तथा पूर्वी चितवनका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या साउन १३ गतेदेखि समाधान भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट