२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

उत्तराखण्डको बाढीपहिरोमा परेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल : प्रधानमन्त्री

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तराखण्डको बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबरले आफूलाई दुखी तुल्याएको बताउँदै उनीहरूको उद्धारको लागि कूटनीतिक छलफल भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ ।

उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो। बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।’

प्रधानमन्त्री ओलीले बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन् ।

उत्तराखण्डमा आएको बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका १३ जना र बर्दिया मधुवनका ४ जना गरी कम्तिमा १७ जना नेपाली नागरिक परेको आशंका छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट