२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

शुक्रवार , श्रावण २३, २०८२

तुर्कमेनिस्तान । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।

उनी तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८स्३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका हुन् ।

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः०५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको थियो । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट