२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रवि लामिछानेका समर्थकले ‘कट आउट’मा राखी बाँधेर मनाए रक्षा बन्धन

शनिवार , श्रावण २४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थहरूले उनको ‘कट आउट’ मा राखी बाँधेर रक्षा बन्धन मनाएका छन् ।

शनिबार रक्षा बन्धनको अवसरमा रविको ‘कट आउट’ राखिएको घण्टी घरमा पुगेर उनका समर्थकहरूले राखि बाँधि दिएका हुन् ।

समर्थकहरूले रविलाई आफ्नो दाइभाइ मानेर उनको उच्च मनोवल र समर्थनका लागि राखी बाँधि दिएका हुन् । साथै, उनको शीघ्र रिहाइका लागि कामना गरेको उनीहरूले बताएका छन् ।

आज घण्टी घरमा रविको ‘कट आउट’ मा राखी बाँधिरहँदा केही समर्थकहरू भावुक हुँदै रोएका समेत थिए ।

रवि हाल सहकारी सम्बन्धि प्रकरणमा जिल्ला कारागार भैरहवामा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट