२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

विपिनको खोजीमा आमा र बहिनी इजरायल प्रस्थान

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल जाँदैछन् ।

कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । उनीहरु अहिले त्रिभुवन विमानस्थलमा छन् ।

नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।

कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए ।

प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।

लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएको छ । त्यसकै लागि उनीहरु इजरायल जान लागेका हुन् । इजरायलले नै विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्‍याएर दबाब बढाउने रणनीति लिएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट